आईतवार, माघ २५,२०८२ 10:48:33
Bizshala
  • आईतवार, माघ २५,२०८२ 10:48:33
Bizshala
Global IME Bank Limited
Bizshala

श्रीनगर एग्रीटेकको नाफामा उल्लेखनीय सुधार, रिजर्भ सुदृढ

श्रीनगर एग्रीटेकको नाफामा उल्लेखनीय सुधार, रिजर्भ सुदृढ
Shivam Cement

काठमाण्डौ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपष्किृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा २०९ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षमा ५० लाख ६५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। नाफा वृद्धिमा अन्य आम्दानीको योगदान समेत देखिएको छ, जसअनुसार कम्पनीले समीक्षा अवधिमा ३७ लाख ८३ हजार रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ।

Bizshala
Garima Development Bank
New Office

यद्यपि, कम्पनीको वित्त खर्च भने बढ्दो क्रममा देखिएको छ। अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा बढेर ३ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रिजर्भमा भने उल्लेखनीय मजबुती देखिन्छ। अघिल्लो वर्ष १ करोड ९ लाख रुपैयाँ रहेको रिजर्भ चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा बढेर १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ३७ करोड ६१ हजार रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ, तरलता अनुपात ३.६७ प्रतिशत र आरओई ०.८७ प्रतिशत कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.