काठमाण्डौ । कान्ति लोकपथ राजमार्गमा रात्रिकालीन सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । मनसुनको जोखिम बढेपछि रात्रिकालीन सवारी आवातजावत पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
असार १४ को आवश्यक सतर्कता अपनाउने सम्बन्धि सूचना बमोजिम विपद्जन्य घटनाबाट राजमार्गमा हुन सक्ने क्षति न्यूनीकरणका लागि यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन उक्त राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ ।
कार्यालयका अनुसार मकवानपुर कान्ति लोकपथ राजमार्ग हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक/निजी यात्रुवाहक सवारी साधनलाई असार १६ गते साँझ ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म र असार १७ गते साँझ ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म अर्को सूचना नआएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

