काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.५७ प्रतिशत सेयर खरिद भएको छ भने ४७.४३ प्रतिशत सेयर बिक्री भएको छ ।

