काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी भिजे इन्भेष्टमेन्ट कम्पनीको को स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

