सोमबार, माघ २६,२०८२ 08:14:30
Bizshala
  • सोमबार, माघ २६,२०८२ 08:14:30
Bizshala
Global IME Bank Limited
Bizshala

ब्रिटिस काउन्सिलद्वारा लैङ्गिकताको मुद्धामा केन्द्रित कला सृजनाका लागि १२ वटा अनुदान प्रदान

ब्रिटिस काउन्सिलद्वारा लैङ्गिकताको मुद्धामा केन्द्रित कला सृजनाका लागि १२ वटा अनुदान प्रदान
Shivam Cement

काठमाण्डौ । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्वोधन गर्ने तथा समाजमा कम प्रतिनिधित्व भएका आवाजलाई मुखरित गर्ने नवीनतम सृजनालाई सहयोग गर्ने उद्देश्यसहित नेपालका कलाकर्मी, एक–आपसमा मिलेर कला सिर्जना गर्ने व्यक्ति र संस्थाका गरी १२ वटा कला परियोजनाका लागि अनुदान प्रदान गरेको छ ।

सृजनात्मक अभ्यासलाई सबल बनाउन र जनसहभागितालाई प्रोत्साहन गर्न तथा लैङ्गिकता, कला र संस्कृतिका विविध पक्षको संयोजन कार्यमा संलग्न अभ्यासकर्तालाई सहयोग गर्न कला र लैङ्गिकतासम्बन्धी ‘इक्वेल टुगेदर’ कार्यक्रम अन्तर्गत कूल ८४ लाख ८२ हजार ७०० रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको हो ।

यस बर्ष अनुदान प्राप्त गर्नेहरुमा विविध सिर्जनात्मक अवधारणा र समुदाय केन्द्रित परियोजनालाई प्रतिनिधित्व गर्ने ८ जना कलाकर्मी र चार वटा संस्था छन् । उनीहरुले न्युनतम ६ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको अनुदान प्राप्त गरेका छन् ।

Bizshala
Garima Development Bank
New Office

अनुदान रकम बाहेक ती कलाकर्मी र संस्थाले कला क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने सत्रमा सहभागी हुन पाउनेछन् । त्यसैगरी, सृजनात्मक विकास, परियोजना कार्यन्वयन र दर्शकको सहभागिता लगायत बिषयबारे सिक्ने अवसर उनीहरुलाई प्रदान गरिनेछ ।

अनुदानको अवधि अर्थात् सन् २०२६ को जनवरीदेखि जूनसम्म अनुदान प्राप्त गर्ने कलाकर्मी र संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् । यस अवधिमा काठमाण्डौ र नर्दन आयरल्याण्डको बेलफास्ट शहर क्वेयर समुदायलाई चित्रण गरिएको कमिक (हास्य सामाग्री) प्रदर्शनी, जनकपुरमा स्थानीय समुदायले तयार पारेको मिथिला कलासम्बन्धी पदयात्रा तथा दमक र काठमाण्डौमा महिला र क्वेयर समुदायका हास्य कलाकारको स्ट्यान्ड–अप कमेडी कार्यक्रम हुनेछ । त्यस्तै, फिल्म, नाटक, बाल पुस्तक र स्थानीय समूहसँगको सहभागितामा तयार पारिएको समुदायमा आधारित कलाको प्रदर्शनी समेत हुनेछ ।

अनुदान घोषणा गर्दै ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रुस्तम मोदीले भने ‘यहाँका कला र संस्कृतिले लामो समयदेखि समुदायलाई आत्म चिन्तन गर्न, चासो प्रकट गर्न र जिज्ञासा राख्न तथा आपसमा जोडिन सहयोग गर्र्दै आएका छन् । इक्वेल टुगेदर कार्यक्रमले लैङ्गिक मुद्धाका सबै खाले जटिलतालाई कलामार्फत उजागर गर्ने कार्यमा संलग्न अभ्यासकर्तासँग सहकार्य गर्न हामीलाई सक्षम बनाएको छ । यो समूहका परियोजनाहरुले नेपालको विविधतायुक्त परिवेश र सन्दर्भमा सार्थक र महत्वपूर्ण सम्वादलाई सृजनात्मक अभ्यासले कसरी मद्धत गर्न सक्छन् भन्नेबारे देखाउन सक्छन् ।’

छनोट प्रक्रियाः

सन् २०२५–२६ को समूहको छनोट सहभागितामूलक प्रक्रियाबाट गरिएको थियो ।

सन् २०२५ अगस्टमा ब्रिटिस काउन्सिलले खुला आव्हान गरे अनुसार नेपालभरबाट १८० भन्दा बढी आवेदन परेको थियो । तीमध्ये ५३ आवेदकलाई सर्ट लिस्ट गर्दै सेप्टेम्बर महिनामा काठमाडौंमा आयोजित दुई दिने सेमिनरमा सहभागी गराइएको थियो, जहाँ उनीहरुले लैङ्गिकता, समावेशीकरण र कलाका विविध पक्षबारे ज्ञान हासिल गरेका थिए । सेमिनारपछि सहभागीको तर्फबाट परियोजना सञ्चालनका लागि प्रस्ताव पेश भएकोमा १२ वटा परियोजना अनुदान र प्रशिक्षणका लागि छनोट भएका हुन् ।

छनोट भएका परियोजनाहरुः

विराट विजय ओझा , स्थानः काठमाडौं र बेलफास्ट

विराटले बाबु–छोराको कथामार्फत पुरुषत्व, शोक र भावनात्मक उपचारको अन्वेषण गर्दै टेन्डर इज द टियर शीर्षकमा १५ पृष्ठको क्वेयर कमिक सृजना गर्दै हुनुहुन्छ । लैङ्गिकता र पहिचानबारे अन्तर–साँस्कृतिक सम्वादलाई प्रवद्र्धन गर्न आयरल्याण्डका कलाकार इली माकेमसँगको सहकार्यमा तयार पारिएको उक्त कमिक काठमाडौं र बेलफास्टमा प्रदर्शन गरिनेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

इनुमा राई , स्थानः कोशी प्रदेश

इनुमाले अडियो–भिजुअल स्टोरी टेलिङमार्फत किराँत समुदायकी वृद्ध महिलाको भूमिकालाई चित्रण गर्दै आफ्नो सृजना तयार पार्नुभएको छ । मौखिक परम्परा, लोकसंगीत, खानपानमा प्रचलित अभ्यास र चलन, हस्तकला र नाम राख्ने पृथक परम्पराका विविध पक्ष समेटिएको यस परियोजनाले आधिकारिक दस्तावेजमा संग्रह नगरिएका र लोप हुने जोखिममा रहेको आदिवासी किराँत समुदायसम्बन्धी बिषयलाई संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

दि लिड नेपाल , स्थानः सुर्खेत

कथा कर्णालीले कविता वाचन र फोटोग्राफीको माध्यमबाट युवा दलित महिलाको सशक्तिकरणको सवाललाई उठाएको छ । कथा वाचन (स्टोरी टेलिङ) का लागि सुरक्षित स्थल (सेफ स्पेस) तयार पार्दै यस परियोजनाले आत्मविश्वास जगाउने, लैङ्गिक र जातिय विभेदलाई चुनौती दिने तथा कार्यशाला, प्रस्तुति र सार्वजनिक प्रदर्शनीमार्फत सहभागीको आवाजलाई उजागर गर्नेछ ।

मिथिला माझ , स्थानः जनकपुर

यस परियोजनाले मिथिला क्षेत्रको कला र साँस्कृतिक सम्पदामा मुस्लिम, दलित र जनजाति कलाकारसहित जनकपुरका महिलाको योगदानबारे चर्चा गर्दै प्रत्यक्ष अवलोकन र डिजिटल पदयात्राका लागि कलात्मक सामाग्री तयार पारेको छ । जनकपुरका स्थानीय महिलाहरुले साँस्कृतिक पक्षमा आफ्नो उपस्थिति दशाउँदै तथा महिलाको विगत र इतिहासका विविध पक्षलाई सचित्र वर्णन गर्दै तयार पारेको एक किलोमिटर लामो मैथिली भित्तेचित्र (मुरल) सृजना गर्दैछन् ।

डोल्कर ल्हामु गुरुङ, स्थानः काठमाडौं

डोल्करको परियोजना “रिइम्याजिनिङ ल्हामु” ले तिब्बती र हिमाली क्षेत्रभित्र पाइने लैङ्गिक र यौनिक विविधताबारे बताउन तिब्बती लोक ओपेरा (गीतिनाट्य) को प्रयोग गरेको छ । सो क्षेत्रमा परिचित र स्थानीय भाषामा प्रदर्शन गरिएको यस सृजनात्मक कार्यमा हेरचाह, भावनात्मक पक्ष र साँस्कृतिक महत्वसहित संवेदनशील बिषयवस्तु समावेश गरिएको छ ।

दिनेशराज उपाध्याय, स्थानः सुदुरपश्चिम नेपाल

दिनेशले नेपालको सुदुरपश्चिम क्षेत्रका ७ जिल्लामा महिलाहरुको प्रस्तुति रहने लोपोन्मुख सांगितिक परम्परालाई संग्रह गर्नुभएको छ । यस परियोजनाले फिल्म, भर्चुअल टु र आर्टिस प्रोफाइल –कलाकारको परिचय) सहित सो क्षेत्रमा गाइने ढुस्का, ठाडी भाका, फाग र माङ्गल जस्ता लोकभाकालाई संरक्षण गर्न खोजेको छ । ती लोकभाकामार्फत महिलाको आवाज, भावना र ज्ञानलाई दवाउन खोज्ने पित्तृसत्तात्मक सोच र मान्यतालाई चुनौती दिइएको छ ।

योजना मगर, स्थानः काठमाडौं

विनाशपछि संसारको परिवेशमा तयार पारिएको “नो–होयर टु सिट” नामक लघु फिक्सन (कथात्मक) फिल्ममा खाली बसमा महिलाका लागि छुट्याइएको एक मात्र सिटमा को बस्ने भनेर तीन किशोरीबीच भएको विवाद र झगडालाई मूल बिषयवस्तुको रुपमा प्रस्तुत गरिएको छ । डार्क ह्युमर र तनाव प्रयोग गर्दै फिल्मले लैङ्गिक मूल्य–मान्यता, ऐक्यवद्धता र मानवीय जीवनलाई नयाँ र सहज रुपमा चित्रण गरेको छ ।  

सुशीला तामाङ, स्थानः काठमाडौं

अपराजिता नामक परियोजनाले अधिकारमा आधारित र नारीवादी कथावाचन (फेमिनिष्ट स्टोरी टेलिङ) मा ७ जना लेखकलाई तालिम प्रदान गर्नुका साथै कार्यशाला आयोजना गरी चित्रसहितको ७ वटा पुस्तक प्रकाशन गर्दै नेपाली बाल साहित्यमा समावेशीकरणलाई महत्व दिएको छ । दलित, मधेसी, जातिय अल्पसंख्यक र सीमान्तकृत समुदायमाथि केन्द्रित कथाहरु समावेश गरिएका ती पुस्तकहरु १० हजार बालबालिकामाझ पु¥याउने लक्ष्य राखिएको छ ।

पास द माइक, स्थानः दमक र काठमाडौं

पास द माइकले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक समुदायलाई सृजनात्मक कार्यको अवसर प्रदान गरेको छ । दमकमा आयोजित जोक (ठट्यौली सामाग्री) लेखन कार्यशाला र काठमाडौंमा आयोजित प्रदर्शनीमार्फत यस परियोजनाले रुढीवादी सोचलाई चुनौती दिन, आत्मविश्वास बढाउन हास्य चेतको प्रयोग गर्नुको साथै कथावाचनका लागि सुरक्षित स्थल तयार पारेको छ ।

एलिज घिमिरे, स्थानः पोखरा, बुटवल र काठमाडौं

एलिजको फेसन आर्टले लत्ताकपडालाई व्यक्तिको सहनशीलतासँग कसरी जोडेर हेरिन्छ भन्ने बिषयलाई देखाउन खोजेको छ । ट्रान्स महिला (पारालैङ्गिक महिला), क्वेयर समुदायको व्यक्ति र केही परिवारको पहिरनको वर्णन गर्दै यस परियोजनाले पहिरनसम्बन्धी नियम (ड्रेस कोड) ले समाजमा कसरी लैङ्गिकता र व्यक्तिको नैतिकतालाई निर्धारण गर्न खोजिएको छ भन्ने बिषयलाई वर्णन गरेको छ । साथै लत्ताकपडालाई व्यक्तिको चेतना, पहिचान र मर्यादाको साधन ठान्ने सोचलाई पुर्नपरिभाषित गरिएको छ ।

गार्गी नेपाल, स्थानः काठमाडौं र चितवन

गार्गी नेपालको स्टेज अफ स्ट्रेन्थ नामक समावेशी नाट्य कार्यक्रममा विभिन्न खालका अपाङ्गता भएका ३० जना किशोरी र युवा महिलालाई सहभागी गराइएको छ । अपाङ्गता भएका व्यक्ति सहज रुपमा सहभागी भएको कार्यशाला, आपसमा मिलेर तयार पारिएको स्क्रिप्ट तथा सांकेतिक भाषा, अडियो सामाग्री र छोएर थाहा पाउन सकिने प्रोप्सको प्रयोग गरिएको परियोजनाले लैङ्गिक र अपाङ्गता भएका व्यक्तिको अधिकारलाई प्रवद्र्धन गर्न खोजेको छ । सो परियोजना प्रत्यक्ष कार्यक्रम र अनलाइनमार्फत् दर्शकमाझ पुगेको छ ।

अंकुरा स्टुडियो, स्थानः ललितपुर

अंकुरा स्टुडियोले समन्वयात्मक रुपमा तयार पारिएको कला र कथावाचन (स्टोरी टेलिङ) मार्फत् नेवारी समुदायको पिलाँछेका वृद्ध महिलाको कथाहरु तयार पारेको छ । यस परियोजना नेवारी समुदायका महिलाको चेतना, हेरचाह र भावनात्मक बिषयमा केन्द्रित रहँदै बढ्दो शहरीकरणका बीच आफ्नो क्षेत्रमा उनीहरुको अदृश्य योगदानबारे व्याख्या गरेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.