Bizshala
  • बिहीबार, माघ २९,२०८२ 04:39:39
Bizshala
Global IME Bank Limited
Bizshala

सञ्चालन आय बढ्दा पनि नेपाल टेलिकमको खुद मुनाफामा १२.९८% को गिरावट

सञ्चालन आय बढ्दा पनि नेपाल टेलिकमको खुद मुनाफामा १२.९८% को गिरावट
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको सञ्चालन आयमा सामान्य वृद्धि देखिए पनि खुद मुनाफा भने घटेको छ।

यस आवको दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँको तुलनामा २९ करोड ४८ लाख ५ हजार रुपैयाँ अर्थात् १.७३ प्रतिशतले बढी हो।

यद्यपि, कुल आय भने १.५ प्रतिशतले घटेको छ। यस अवधिमा कुल आय १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँ रहेको छ, जुन गत आवको सोही अवधिको १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँको तुलनामा २९ करोड २० लाख रुपैयाँले कम हो।

यस अवधिमा कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५९ प्रतिशतले कम हो। खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ पुगेको छ, जुन गत आवको तुलनामा ६२ करोड १४ लाख १५ हजार रुपैयाँ अर्थात् १२.९८ प्रतिशतले घटेको हो।

Bizshala
Garima Development Bank
New Office

कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) ४६.२७ रुपैयाँ रहेको छ।

कम्पनीले आय तथा मुनाफामा आएको परिवर्तनका प्रमुख कारणहरू पनि खुलाएको छ। ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट आउने आगमन कलको परिमाण घट्दा अन्तरआवद्धता आयमा करिब ८ करोड ५ लाख ९८ हजार रुपैयाँ (६.१४ प्रतिशत) ले कमी आएको छ। ओटीटी सेवाको प्रभावले भ्वाइस तथा एसएमएस सेवाबाट हुने आम्दानीमा समेत नकारात्मक असर परेको कम्पनीले जनाएको छ।

त्यस्तै, लगानीको मूल्य परिवर्तन तथा ब्याजदरमा आएको गिरावटका कारण व्याज आयमा करिब ७४ करोड ६३ लाख ८३ हजार रुपैयाँ (३२ प्रतिशत) ले कमी आएको छ।

राष्ट्रको सञ्चार संस्था भएका कारण विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारमा लगानी बढाउँदा लागत वृद्धि भएको छ। साथै, सेवाको दररेट सम्बन्धी नीतिगत परिवर्तनका कारण दर घट्दा राजस्वमा उल्लेख्य वृद्धि हुन नसकेको बताइएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कर्मचारी सम्बन्धी खर्च पनि बढेको छ। कर्मचारीको सामूहिक बीमाको बीमांक रकम वृद्धि, तथा नेपाल लेखामान १९ अनुसार पेन्सन दायित्व गणनामा प्रयोग हुने डिस्काउन्ट रेट ७.५ प्रतिशतबाट ७ प्रतिशतमा झर्दा पेन्सन तथा उपदान खर्च बढेको छ। यसका कारण कर्मचारी खर्चमा ११.५ प्रतिशतले वृद्धि भएको छ।

यद्यपि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा भने १५० प्रतिशतले वृद्धि भएको छ। साथै, लेखा नीतिअनुसार जिन्सी मौज्दातमा थप खर्च व्यवस्था गर्दा इम्पेयरमेन्ट खर्च १८.३५ करोड रुपैयाँले बढेको छ।

यस अवधिमा चालु कर अघिल्लो वर्षको तुलनामा ५५.५६ प्रतिशतले वृद्धि भएको छ। गत आवमा विगतको करयोग्य नोक्सानी समायोजन गरी कर गणना गरिएको कारण चालु कर कम देखिएको कम्पनीले स्पष्ट पारेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.