काठमाण्डौ । चिलिमे हाईड्रोपावर लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३९ करोडढ ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्ला आवको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ३८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवमा विद्युत बिक्रीबाट ६४ करोड ९ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालु आवमा भने ६३ करोड ६५ लाख आर्जन गरेको छ । कम्पनीले ३४ लाख ३८ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ ।
यद्यपी कम्पनीको वित्त आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आवमा ६ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको वित्त आम्दानी घटेर ५ करोड ५८ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ घटेको छ । रिटेन्ड अर्निङ २ अर्ब ३८ करोड रुपैयाँबाट घटेर १ अर्ब ९७ करोड रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.८६ रुपैयाँ र तरलता अनुपात ६.८३ प्रतिशत कायम भएको छ ।

