काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ३ हजार १ सय रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको भाउ ३ लाख ६ हजार ५ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३४० रुपैयाँले घट्दै प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ ।

