शुक्रबार, फाल्गुन १,२०८२ 07:24:15
Bizshala
  • शुक्रबार, फाल्गुन १,२०८२ 07:24:15
Bizshala
Global IME Bank Limited
Bizshala

ह्युण्डाईका गाडी टेस्ट गर्दा प्रत्यक्ष विश्वकप हेर्न पाइने

ह्युण्डाईका गाडी टेस्ट गर्दा प्रत्यक्ष विश्वकप हेर्न पाइने
Shivam Cement

काठमाण्डौ । ह्युण्डाई नेपालले विश्वकप २०२६ को अवसरमा “ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ ।

नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा उक्त अभियान सुरु गरेको हो ।  

यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ टीएमका खेल आयोजक देशहरू अमेरिका, क्यानडा र मेक्सिको मध्ये कुनै एकमा प्रत्यक्ष रूपमा हेर्ने जीवनमा एकपटक मात्र प्राप्त हुने अवसर जित्ने मौका पाउनेछन् ।  

भाग्यशाली विजेताले यो अविस्मरणीय अनुभव आफ्ना एक जना सहयात्रीसँग साझा गर्दै विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्च सँगै अनुभुति गर्न सक्नेछन् ।

Bizshala
Garima Development Bank
New Office

यस अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन् । साथै, यस अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्नेछन्, जसले ग्राहकहरूको ह्युन्डाई अनुभवलाई अझ आकर्षक र लाभदायक बनाउनेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

फिफा विश्वकप २०२६ टीएमको आधिकारिक साझेदारको रूपमा ह्युन्डाईले उत्साह, प्रदर्शन र प्रगतिलाई उत्सव मनाउने विश्वव्यापी मञ्चमार्फत आफ्ना ग्राहकहरूसँग निरन्तर सम्बन्ध मजबुत गर्दै आएको छ। इच्छुक ग्राहकहरूलाई नजिकको ह्युन्डाई शोरुममा गई टेस्ट ड्राइभ अभियानमा सहभागी भई फिफा विश्वकप २०२६ टीएम को रोमाञ्चक यात्राको हिस्सा बन्न आग्रह गरिएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.