मंगलवार, फाल्गुन ५,२०८२ 05:20:06
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:20:06
Bizshala
Global IME Bank Limited

२७ बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

२७ बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजाार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८१ प्रतिशत र निर्जीवन बीमा समूह ०.७५ प्रतिशतले घटेको छ ।  

आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सूर्यज्योति लाइफको सेयरभाउ ०.२३ प्रतिशतले बढेर ४३२.५० रुपैयाँ पुगेको छ भने गार्डियन माइक्रो लाइफको सेयरभाउ ०.२३ प्रतिशतले बढेर १७३० रुपैयाँ पुगेको छ ।  

सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.१२ प्रतिशतले घटेर १३२८ रुपैयाँ कायम भएकोछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, एशियन लाइफको ०.९४ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, हिमालयन लाइफको १.१० प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत, एलआइसी नेपालको १.४३ प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको १.८८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.३३ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.११ प्रतिशतले घटेको छ ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन एभरेष्टको २.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.१५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.८० प्रतिशत, नेको इन्स्योरेन्सको ०.३१ प्रतिशत, एनएलजीको ०.४० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.३० प्रतिशत, प्रभु इन्स्योरेन्सको २.२० प्रतिशत, आरबीसीएलको ०.३३ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.५० प्रतिशत, सानिमा जिआइसीको ०.६४ प्रतिशत, शिखरको ०.३२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४१ प्रतिशत, युनाइटेड अजोडको ०.७४ प्रतिशत, हिमालयन रि को ०.४३ प्रतिशत र नेपाला रि को ०.७२ प्रतिशतले घटेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.