मंगलवार, श्रावण १२,२०८३ 11:24:15
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:24:15
Bizshala
Global IME Bank Limited

भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु

भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु
New Office

काठमाण्डौ । भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु भएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि औपचारिक रूपमा इन्धन आपूर्ति सुरु गरेको हो । यससँगै विमानस्थलको सञ्चालन क्षमता र विश्वसनीयता दुवैमा सुधार आउनुका साथै क्षेत्रीय हवाई सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

हाल भरतपुर–काठमाण्डौ–भरतपुर दैनिक उडान र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान सञ्चालन हुँदै आएका छन्। इन्धन सेवा स्थानीय रूपमा उपलब्ध भएपछि अब विमानहरूले काठमाण्डौबाट अतिरिक्त इन्धन बोकेर आउनुपर्ने बाध्यता हटेको छ। यसले जहाजको तौल व्यवस्थापन सहज बनाउने, थप यात्रु बोक्न सकिने र उडान लागत घट्ने अपेक्षा गरिएको छ।

निगमका अनुसार विमानस्थल परिसरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटरसम्म हवाई इन्धन आपूर्ति गर्न सकिने क्षमता छ। प्रारम्भिक चरणमा सिनामङ्गलस्थित कार्यालयका प्राविधिक जनशक्तिमार्फत सेवा सञ्चालन गरिएको जनाइएको छ।

हवाई सेवा प्रदायक कम्पनीहरूले पनि यसलाई सकारात्मक रूपमा लिएका छन्। बुद्ध एयरका स्थानीय प्रतिनिधिका अनुसार इन्धन उपलब्धताले उडान तालिका थप नियमित बनाउन मद्दत पुग्नेछ। यसले पर्यटकीय तथा व्यावसायिक यात्रालाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

भरतपुर र आसपासका जिल्लामा बढ्दो हवाई यात्रु चापलाई ध्यानमा राख्दै सुरु गरिएको यो सेवा दीर्घकालीन रूपमा क्षेत्रीय हवाई पूर्वाधार सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.