सोमबार, असार २२,२०८३ 04:03:29
Bizshala
  • सोमबार, असार २२,२०८३ 04:03:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा कंडेलको उम्मेदवारी, यस्ता छन् १० बुँदे ‘ठमेल सुधार’का योजना

Laxmi Sunrise Bank Limited
ठमेल पर्यटन विकास परिषद्को महासचिवमा कंडेलको उम्मेदवारी, यस्ता छन् १० बुँदे ‘ठमेल सुधार’का योजना

काठमाण्डौ। ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि महासचिव पदमा युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ठमेल परिषद्को आगामी असार २७ गते हुन लागेको निर्वाचनका लागि उहाँले उम्मेदवारी दिएका हुन्।  ‘संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व’ भन्ने मूल नाराका साथ कंडेल चुनावी मैदानमा उत्रिएका हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउनुभएका कंडेल विगत लामो समयदेखि पर्यटन क्षेत्र र सामाजिक सेवामा सक्रिय छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका उहाँ ठमेलस्थित आगन्तुक होटल तथा अतिथि होटल एन्ड अपार्टमेन्टका सञ्चालक हुन् ।

विभिन्न सामाजिक संस्था, लायन्स क्लब र पर्यटन क्षेत्रका विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका कंडेल आफूलाई एक एक्सन ओरिएन्टेड  व्यक्तित्वका रूपमा चिनाउछन् । व्यवसायका साथै उहाँ रक्तदान अभियान र सामाजिक कार्यहरूमा पनि अग्रणी भूमिकामा रहँदै आएका छन् ।

New Office
CG Motors
Garima Development Bank

यस्ता छन् कंडेलका १० प्रतिबद्धताहरूः

महासचिवका उम्मेदवार कंडेलले ठमेलको समग्र विकास र सुधारका लागि १० बुँदे स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन् । उनका मुख्य प्रतिबद्धताहरू यस प्रकार छन्ः

१. पहिचान र गौरवको संरक्षणः ठमेललाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा यसको गरिमा र आकर्षणलाई थप सुदृढ बनाउने ।

२. कला र संस्कृतिको जगेर्ना ः ठमेलको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्ने ।

३. व्यवस्थित ठमेलः ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन दिगो र बहुआयामिक विकासको मोडेल लागू गर्ने ।

४. सम्पदा पर्यटनः ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण गर्दै ुसम्पदा भ्रमणुको अवधारणा विकास गर्ने ।

५. सहकार्यको वातावरणः ठमेलका घरधनी र व्यवसायीबीच आपसी विश्वास र सद्भाव कायम गरी सहकार्यको वातावरण सृजना गर्ने ।

६. सुरक्षित र सफा ठमेलः प्रभावकारी शान्ति–सुरक्षा, सडक बत्ती, सीसी क्यामेरा जडान, ढल व्यवस्थापन र सडक बालबालिकाको उचित व्यवस्थापन गर्ने ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

७. पूर्णकालीन व्यवसायः गृह मन्त्रालयबाट स्वीकृत ुपूर्ण समय व्यवसाय सञ्चालनु सम्बन्धी मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

८. ठमेल गुरुयोजनाको कार्यान्वयनः रोकिएका ठमेलका गुरुयोजनाहरूलाई सरोकारवालाको समन्वयमा पुनः अगाडि बढाउने ।

९. स्ट्रीट नम्बरिङः ठमेलका सडकहरूको नम्बरिङ कार्यलाई पूर्णता दिने ।

१०. डिजिटल र आधुनिक ठमेलः डिजिटल ठमेल, निःशुल्क वाइफाइ, वाकिङ–फ्रेन्ड्ली सडक र पर्यटकमैत्री आधुनिक सूचना केन्द्रको स्थापना गर्ने ।

उम्मेदवारी घोषणा गर्दै कंडेलले भने , ‘ठमेल केवल व्यापारिक केन्द्र मात्र होइन, यो हाम्रो पहिचान हो । यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउन मेरो उम्मेदवारी हो । म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख–दुःखमा साथ दिन सधैं प्रतिबद्ध छु ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.