बिहीबार, फाल्गुन ७,२०८२ 06:09:38
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 06:09:38
Bizshala
Global IME Bank Limited

रास्वपा वाचापत्रः पूँजीबजारमा संरचनागत सुधारदेखि डेरिभेटिभ उपकरणसम्म, आइपीओ प्रणाली सुधारिने

नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने

रास्वपा वाचापत्रः पूँजीबजारमा संरचनागत सुधारदेखि डेरिभेटिभ उपकरणसम्म, आइपीओ प्रणाली सुधारिने
Shivam Cement

 

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित व्यापक संरचनागत तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ। सुर्खेतमा आयोजित कार्यक्रममा चुनावी वाचापत्र सार्वजनि गर्दै पार्टीले नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको हो।

पार्टीका अनुसार धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी नेपाल धितोपत्र बोर्ड को संरचना पुनर्गठन गरिनेछ। नियामक निकायलाई पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता प्रदान गर्दै बजार अनुगमन प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ। इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने पार्टीको भनाइ छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाइने योजना सार्वजनिक गरिएको छ। प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्दै पूँजीबजारको संरचनागत क्षमता विस्तार गरिने उल्लेख गरिएको छ।

बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार तथा शर्ट सेलिङ सुरु गरिनेछ। साथै, फ्युचर्स र अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा लागू गर्दै नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने लक्ष्य लिइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आइपीओ प्रणालीमा आमूल सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ प्रक्रियामा सुधार र समयमै सूचीकरण सुनिश्चित गरिने पार्टीले जनाएको छ। रास्वपाले प्रस्तावित सुधारहरूले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै पूँजीबजारलाई दिगो र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.