बिहीबार, फाल्गुन ७,२०८२ 07:49:06
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 07:49:06
Bizshala
Global IME Bank Limited

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट’ सम्पन्न

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल रोबोर्टिक कलेजसँगको सहकार्यमा मैतिदेविस्थित सफ्टवेरिका परिषरमा आयोजित उक्त समिटमा आईटी सम्वन्धी विभिन्न प्रर्दशनीका साथै अन्तरक्रिया आयोजना गरिएको थियो ।

समिटमा २०० भन्दा बढी विद्यार्थी, आईटी व्यवसायी, प्राध्यापक तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले नेपाल विश्वव्यापी रोबोटिक्स प्रतिस्पर्धामा अघि बढ्न तयार रहेको स्पष्ट सन्देश दिएको सफ्टएड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

प्रविधिको तीव्र परिवर्तनसँगै शिक्षा प्रणाली पनि अद्यावधिक हुनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए । उनका अनुसार डिजिटल रूपान्तरण र नवप्रवर्तनमै नेपालको आगामी आर्थिक सम्भावना पनि आईटी क्षेत्रमा निर्भर रहनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले ‘सिक्दै कमाउन’ अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउँदै व्यवहारिक तथा उद्योग–उन्मुख आईटी शिक्षाको आवश्यकतामा जोड दिनुभयो । कृषि आधुनिकीकरण, पूर्वाधार विकास तथा आर्थिक वृद्धिमा रोबोटिक्सको भूमिका निर्णायक हुने उनको भनाइ थियो ।

कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानका वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीले नेपालको प्रविधि क्षेत्रलाई बलियो बनाउन क्यान प्रतिबद्ध रहेको जानकारी दिए । स्टार्टअप र आईटी कम्पनी स्थापना गर्न इच्छुक युवाहरूलाई आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराइने उहाँले प्रतिवद्धता जनाए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इन्टरनेशनल रोबर्टिक्स इन्कका अध्यक्ष युधिष्ठिर गौलीले जर्मनी र अमेरिकामा रोबोटिक्स क्षेत्रमा हासिल गरेको अनुभव साझा गर्दै आधुनिक पाठ्यक्रमले शिक्षा र उद्योगबीचको दूरी घटाउने बताए । उत्कृष्ट तथा परिश्रमी विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्लेसमेन्ट र अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

समिटले रोबोटिक्स र अटोमेसन केवल प्रविधिगत क्षेत्र नभई आर्थिक रूपान्तरणको रणनीतिक आधार बन्न सक्ने संकेत दिएको छ । स्मार्ट कृषि, स्वास्थ्य सेवा, उत्पादन, पूर्वाधार र एआई–आधारित सेवाहरूमा रोबोटिक्सको प्रयोग तीव्र रूपमा बढ्दो क्रममा रहेको सहभागीले बताएका छन । ‘रोबोट्रोनिक्स समिट २०२६’ नेपालका लागि कोसेढुंगा सावित भएको छ। यसले नयाँ पुस्तामा महत्वाकांक्षा र आत्मविश्वास जगाउँदै, नेपाललाई विश्व रोबोटिक्स मूल्य शृंखलामा समावेश गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.