काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेले आफ्नो घोषणापत्रमा विदेशमा बस्ने नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने र लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानूनी प्रबन्ध मिलाउने विषय समावेश गरेको छ ।
साथै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैरआवासीय नेपाली नागरिकहरुलाई थप कर छुटको व्यवस्था गर्ने जनाएको छ ।
त्यस्तै, विदेशमा रहेका नेपालीहरुको मुद्दामामिला प्राथमिकताका साथ द्रुत गरिमा हेर्ने र विदेशबाट राजश्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने घोषणापत्रमा समावेश छ ।

