आईतवार, फाल्गुन १०,२०८२ 05:24:45
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 05:24:45
Bizshala
Global IME Bank Limited

थामिएन सेयरबजारको ओरालो यात्रा, सबै समूह राताम्मे

थामिएन सेयरबजारको ओरालो यात्रा, सबै समूह राताम्मे
Shivam Cement

काठमाण्डौ । लामो बिदापछि खुलेको साताको पहिलो कारोबार दिन सेयरबजारमा पुनः गिरावट देखिएको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०४ प्रतिशत अर्थात् २७.५९ अंकले घटेर २,६१४.५५ विन्दुमा झरेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले घटेर ४४९.३९ विन्दुमा सीमित भएको छ।

आज नेप्सेमा सूचीकृत ३२४ वटा कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘यतिबेला चुनावी माहोलले गर्दा बजारमा खासै लगानी हुन सकेको छैन । अधिकांश लगानीकर्ता युवा वर्गका भएकाले विभिन्न दलका कार्यकर्ता पनि यसै समूहका भएकाले बजारबाट ठूलो संख्यामा लगानीकर्ता केही समयका लागि टाढिएका छन् ।’

यसका साथै पुराना लगानीकर्ता समेत यतिबेला पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । अहिले बजार ट्रेडरले मात्रै धानिरहेको बताउँदै उनले लगानीकर्ता मौद्रिक नितीको समीक्षाको पर्खाइमा रहेको समेत बताए ।

चुनाव अघि बजार साइडवेज नै चल्ने र त्यसपश्चात मात्रै बजारले गति लिने उनले बताए ।  

सबै समूहमा गिरावट

आज कारोबारमा आएका १३ वटै उपसमूह राताम्य देखिएका छन्। व्यापार समूह सर्वाधिक ३.५९ प्रतिशतले घट्दा बैंकिङ समूह ०.५२ प्रतिशत, विकास बैंक १.४१ प्रतिशत, फाइनान्स ०.५६ प्रतिशत, होटल तथा पर्यटन १.०९ प्रतिशत र जलविद्युत समूह १.८१ प्रतिशतले घटेका छन्।

त्यस्तै लगानी ०.९४ प्रतिशत, जीवन बीमा ०.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन १.०२ प्रतिशत, लघुवित्त ०.४८ प्रतिशत, म्युचुअल फण्ड ०.२२ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले ओरालो लागेका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ६३ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी रिडी पावरको ३७ करोड ६० लाख, एसवाई प्यानलको ३१ करोड ७७ लाख, ङादी ग्रुप पावरको १९ करोड ४१ लाख र राधी विद्युत कम्पनीको १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये सालपा विकास बैंकको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ।

यसैगरी रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९.२६ प्रतिशत, कालिका लघुवित्त ५.१७ प्रतिशत र मञ्जुश्री फाइनान्स ४.४२ प्रतिशतले बढेका छन्।

यता बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.९२ प्रतिशतले घटेको छ। साथै रिडी पावर ८.३३ प्रतिशत, आँखुखोला जलविद्युत ८.२८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक ६.९१ प्रतिशतले घटेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.