काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको सेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
यो सेयर खरिद गर्नका लागि जुनसुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले फागुन १७ गतेसम्म आवेदन दिनुपर्नेछ । यस्तो आवेदन बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा दिनुपर्नेछ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २९५ रुपैयाँ निर्धारण गरिएको छ ।

