Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वार्षिकोत्सवका अवसरमा एशियन लाईफद्वारा रक्तदानसहित विभिन्न कार्यक्रमको आयोजना

Global IME Bank Limited
वार्षिकोत्सवका अवसरमा एशियन लाईफद्वारा रक्तदानसहित विभिन्न कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ ।  

वार्षिकोत्सवको अवसरमा कम्पनीले चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौ उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाण्डौ उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।

साथै देशभरका ८० वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेको कम्पनीले जनाएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा १६ वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आएका सबैप्रति आभार व्यक्त गरे ।  

कम्पनीको चालू आ.व. २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष रु ४१ अर्ब ३० करोड र कुल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कुल लगानी रु. ४६ अर्ब १० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । रु.३ अर्ब ३९ करोड ९८ लाख (सूचीकृत हुन बाँकी बोनश सेयर समेत) करोड चुक्तापूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत  हकप्रद शेयर जारी गर्ने भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.