काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्यमा १ हजार ३ सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउमा भने गिरावट आएको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ५८५ रुपैयाँ कायम भएको छ ।

