सोमबार, श्रावण ११,२०८३ 06:40:05
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 06:40:05
Bizshala
Global IME Bank Limited

चीन सरकारको ४० लाख डलरको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

चीन सरकारको ४० लाख डलरको अनुदान स्वीकार गर्ने सरकारको निर्णय
New Office

काठमाण्डौ । नेपाल सरकारले आसन्न निर्वाचनका लागि चीन सरकारले प्रस्ताव गरेको ४० लाख अमेरिकी डलरको अनुदान स्वीकार गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

बैठकले चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, काठमाण्डौ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई उपभोक्ता अदालत काठमाण्डौको अध्यक्षको जिम्मेवारीसहित जिल्ला अदालतको कामसमेत हेर्ने गरी तोकिएको छ।

मन्त्रिपरिषद्ले बीमा ऐन, २०७९ को दफा १४० अनुसारको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

साथै, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि बैठकले निर्धारण गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.