Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने

Global IME Bank Limited
रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले गत फागुन १८ गतेबाट चैत ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ ।गत माघ २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि कम्पनीले निष्कासन गरेको हकप्रद सेयर चैत २० गते बाँडफाँड भएको हो ।    

कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री आवेदन खुलाएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ६० हजार ६०२ सेयरधनीहरुलाई ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीले जनाएको छ ।   

उक्त हकप्रद सेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धकसहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले सो बाँडफाँडलाई स्वीकृती प्रदान गरेको कम्पनीले जनाएको छ ।  

हकभन्दा बढी सेयर माग गरी दरखास्त आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.