काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन भने सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको थियो ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यका आधारमा सुनको कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

