मंगलवार, श्रावण ५,२०८३ 05:47:30
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:47:30
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकका कार्डवाहकलाई मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका कार्डवाहकलाई मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता – द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पताल सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।

यसअघि उक्त छुट सुविधा मेदान्ता, गुडगाउँमा मात्र लागू हुँदै आएको थियो। नयाँ समझदारीपछि भने मेदान्ताका थप ६ वटा अस्पताल(मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल (लखनउ), जयप्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल (पटना), मेदान्ता सुपर स्पेशलिटी अस्पताल (इन्दौर), मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल (राँची) र मेदान्ता अस्पताल (राँची) तथा ५ वटा मेडिक्लिनिकबाट समेत उक्त छुट सुविधा उपलब्ध हुने भएको छ।

समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार यस सहकार्यबाट हालसम्म पनि ग्राहकहरूले भारतमा स्वास्थ्य उपचारका क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेका छन्। आगामी दिनमा पनि आफ्ना ग्राहकलाई थप लाभान्वित गराउने उद्देश्यले सहकार्यलाई निरन्तरता दिइएको बैंकले जनाएको छ।

यस समझदारीको निरन्तरतासँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्ता अस्पतालबीचको सम्बन्ध अझ सुदृढ भएको तथा भारतमा उपचारका लागि जाने बैंकका ग्राहकले उपचारका क्रममा थप सहज सेवा प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.