काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज एक तोला सुनको कारोबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७४० रुपैयाँ कायम भएको छ ।

