काठमाण्डौ । काठमाडौँ–५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले स्पष्ट अग्रता बनाएका छन्।
हालसम्मको मतगणनाअनुसार पोखरेलले ३ हजार ७ सय मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछ्याइरहेका छन्, जसले १ हजार ७८ मत हासिल गरेका छन्।
यसैगरी, तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल रहेका छन्। उनले हालसम्म ६ सय ९९ मत प्राप्त गरेका छन्।

