काठमाण्डौ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाएको छ।
हालसम्म २ हजार २३२ मत गणना हुँदा रास्वपाले १ हजार ५१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी दलहरूभन्दा धेरै अघि देखिएको छ।
नेपाली कांग्रेस २९२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले २२२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छ। अन्य दल र स्वतन्त्र उम्मेदवारहरू भने मतसंख्यामा निकै पछि परेका छन्। तारा चुनाव चिन्हले ८९ मत प्राप्त गरेको छ भने हलो चिन्हका उम्मेदवारले २५ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिलास चिन्हले ४८ मत, आँप चिन्हले १३ मत, स्वतन्त्र उम्मेदवार (चेस गोटी) ले १३ मत र गुलाफको फूल चिन्हले ८ मत प्राप्त गरेका छन्। त्यस्तै छाता चिन्हले ३ र मोबाइल चिन्हले २ मत पाएका छन्।
हालसम्म गणना भएका मतमध्ये १०१ मत बदर भएको पनि निर्वाचन कार्यालयले जनाएको छ।

