काठमाण्डौ । रास्वपाको लहरका बीच केही सीमित क्षेत्रमा नेपाली कांगे्रस, एमाले र नेकपाका उम्मेद्वारहरुले अग्रता लिइरहेका छन् ।
ताजा अपडेटअनुसार कांग्रेसले ४, एमालेले ४ र नेकपा एक स्थानको प्रारम्भिक मतपरिणाममा अग्रता लिएका छन् ।
कांग्रेसले ललितपुर १, स्यांग्जा १, कपिलवस्तु ३ र कास्की २ मा अग्रता लिइरहेको छ ।
एमालेले तेह्रथुम १, कास्की ३ र बाँके २ मा अग्रता लिइरहेको छ।
यस्तै, प्रचण्ड नेतृत्वको नेकपाले कालीकोट १ मा अग्रता लिइरहेको छ ।

