झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
हालसम्म २ हजार ३०३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ हजार ४७८ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ।
नेकपा एमालेले ३८५ मत प्राप्त गरेको छ भने माटो चुनाव चिन्हका उम्मेदवारले १३९ मत पाएका छन्। त्यसैगरी तारा चिन्हले ५९, नेपाली कांग्रेसले ४२ र हलो चिन्हले २९ मत प्राप्त गरेका छन्।
छाता चिन्हका उम्मेदवारले १ मत प्राप्त गरेका छन्। प्रारम्भिक गणनामा रास्वपाले उल्लेख्य मतान्तरसहित अग्रता बनाएको देखिएको छ।

