काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणनामा रवि लामिछाने अग्रस्थानमा देखिएका छन्। हालसम्म ६ हजार ६२३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले २ हजार ८०१ मत प्राप्त गरेका छन्।
उनीपछि नेकपा एमाले का उम्मेदवार अस्मिन घिमिरे १ हजार २५९ मतसहित दोस्रो स्थानमा रहेका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी का प्रताप गुरूङ ले १ हजार १५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार मिना खरेल ले ९१६ मत ल्याएकी छन्।

