चितवन ।चितवन निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रारम्भिक मतगणनामा नेकपा (एमाले) का उम्मेदवार दावा दोर्जे लामाले अग्रता लिएका छन्।
हालसम्मको गणनाअनुसार लामाले ३९६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले ७१ मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कृष्ण पन्तले ६२ मत पाएका छन्।
अहिले राप्ती नगरपालिका–१३ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस वडामा यसअघि सम्पन्न मतदानमा रास्वपाले मत प्राप्त गर्न नसकेको बताइएको छ।

