काठमाण्डौ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर अग्रता कायम गरेसँगै नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्माले मतदाताको निर्णय स्विकार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘मतदाताको फैसला स्विकार्य छ। बुलेटुबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोऱ्याउँदै, बुलेटुबाट आउने रास्वपालाई स्वागत गर्दछौं। २०७९ मा प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन।’
उनी थप्छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुँदैन। देशको मुख्य प्रश्नमा हामी साथ र खबरदारी दुवै रहनेछौं।’

