काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जुम्लाका उम्मेदवार ज्ञानबहादुर शाहीले प्रारम्भिक अग्रता हासिल गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले हालसम्म ४ सय मतको गणना गरेको जनाएको छ।
गणना अनुसार शाहीले १८२ मत प्राप्त गरेर अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा का नरेश भण्डारीले १२९ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरूको अवस्था यसप्रकार छः
नेपाली कांग्रेसका दीपबहादुर शाहीः ४० मत
एमालेका शान्तिलाल महतः ३० मत
राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतः ४ मत
नेमकिपाका बिर्खबहादुर रावतः २ मत
अहिलेसम्म १५ मत बदर भएको जनाइएको छ।

