काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) स्पष्ट मतान्तरका साथ विजयी भएकी छन्। मतगणनाअनुसार, दर्शनाले १५ हजार ४५५ मत प्राप्त गरी कांग्रेस र राप्रपाका प्रतिस्पर्धीलाई पछि पार्न सफल भएकी हुन्।
यसै क्षेत्रबाट प्रतिस्पर्धा गरेकी कांग्रेसकी उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्र पाएकी छन् भने राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।
दर्शना निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

