रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायम गरेका छन्। यस क्षेत्रमा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल रास्वपा उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन्।
हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५१९ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत मात्र प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार चुन्ना पौडेलले १ हजार २०४ मत ल्याएका छन्।
प्रारम्भिक मतगणनाको नतिजाले रुपन्देही–२ मा रास्वपाका खरेलले उल्लेख्य मतान्तरसहित अग्रता बनाएको देखाएको छ।

