डडेलधुरा । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले प्रारम्भिक मतगणनामा अग्रता लिएको छ।
पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार नैनसिंह महरले ३०७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. तारा जोशीले १०५ मतसहित पछ्याइरहेका छन्।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मानसिंह मालले ८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले ३७ मत पाएका छन्।
डडेल्धुरामा कांग्रेसका महरसँगै एमालेका चक्र स्नेही, नेकपाका मानसिंह माल र रास्वपाका डा. तारा जोशी चुनावी प्रतिस्पर्धामा रहेका छन्।

