दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले उल्लेख्य मतान्तरसहित अग्रता बनाएका छन्।
जारी मतगणनाको पछिल्लो अवस्थाअनुसार रास्वपाका सहमहामन्त्रीसमेत रहेका उम्मेदवार आचार्यले १ हजार ८०० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८७ मत पाएका छन्। नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल आचार्यले २८० मत ल्याएका छन्।
हालसम्मको मतगणनामा रास्वपा उम्मेदवारले अन्य प्रतिस्पर्धीभन्दा तेब्बरभन्दा बढी मतान्तर बनाएका छन्।

