काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति हुन्।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ९ हजार २३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मिना खरेल (नेपाली कांग्रेस) ले २ हजार ८२९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ६५९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रताव गुरुङले १ हजार ७९२ मत प्राप्त गर्का छन् ।

