काठमाण्डौ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार राजेश कुमार चौधरी अग्रस्थानमा देखिएका छन्। प्राप्त विवरणअनुसार चौधरीले ७०६ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी ९जसपा० का योगेन्द्र चौधरी ५६७ मतसहित रहेका छन्। नेकपा ९एमाले० का अजय गुप्ता २८८ मतसहित तेस्रो स्थानमा छन्।
यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २२० मतसहित चौथो स्थानमा रहेका छन्।

