आईतवार, श्रावण १०,२०८३ 05:25:30
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:25:30
Bizshala
Global IME Bank Limited

ईरानपछिको अब क्यूबालाई निशाना बनाउने ट्रम्पको योजना

ईरानपछिको अब क्यूबालाई निशाना बनाउने ट्रम्पको योजना
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र ईरानपश्चात अब आफ्नो ध्यान क्यूबातर्फ केन्द्रित हुने संकेत गरेका छन् । बिहिबार ह्वाइट हाउसमा मियामी फुटबल क्लबको टोली स्वागत गर्दै पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘मार्को रुबियोले उत्कृष्ट काम गरिरहेका छन्। र अब क्यूबा हाम्रो अगाडि लक्ष्य हो।’ उनले थपे, ‘हामी यी सबै कामहरू एकैपटक गर्न सक्छौं, तर धेरै कुरा एकैसाथ गर्दा नकारात्मक परिणाम आउन सक्छ।’

ट्रम्पले पहिले ईरानको मुद्दा समाधान गर्न चाहेको र त्यसपछि मात्र क्यूबामा हस्तक्षेप सम्भव भएको बताए। उनले भने, ‘क्यूबा हामीसँग डील गर्न इच्छुक छ।’

क्यूबाका राष्ट्रपति मगेल डियान्ज कनेलले ट्रम्पको बयानलाई अस्वीकार गर्दै भनेका छन्, ‘हामीलाई कसैले भन्न सक्दैन कि हामीले के गर्नुपर्छ।’ क्यूबाका विदेश मन्त्री ब्रूनो रोड्रिगेजले भने, ‘हाम्रो देशले ईन्धन आयात गर्न पूर्ण अधिकार राख्छ, बिना कुनै दखल वा अमेरिकी दबाबको।’

वर्तमानमा भेनेज़ुएला क्यूबामा दैनिक ३५ हजार ब्यारेल तेल पठाउँदै आएको थियो। जनवरी महिनामा अमेरिकी प्रशासनले भेनेज़ुएलाका तेल ट्याङ्करहरू जफत गरेपछि क्यूबामा ईन्धन र बिजुलीको अवस्था बिग्रन थालेको छ। ट्रम्पले यसलाई क्यूबालाई दबाब दिनको रणनीति भएको बताएका छन्।

सन् १९५९ मा फिडेल क्यास्ट्रोले अमेरिका समर्थित सरकारलाई क्यूबामा अपदस्त गरेपछि दुवै देशका सम्बन्ध तनावपूर्ण बनेको छ। बराक ओबामाको कार्यकालमा केही सुधार प्रयास भए तापनि ट्रम्प प्रशासनले ती कदम उल्टाएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.