काठमाण्डौ । तनहुँ–१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन्। देवघाट र आँबुखैरेनी गाउँपालिकामा भइरहेको मत गणनाअनुसार वाग्लेले हालसम्म १४ हजार १५० मतमध्ये ७ हजार ६१५ मत प्राप्त गरी अन्य प्रतिस्पर्धीभन्दा अघि रहेका छन्।
यसै क्रममा कांग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईले २ हजार ५९६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)की उम्मेदवार भगवती न्यौपानेले १ हजार ५०२ मत प्राप्त गरेकी छन्।

