काठमाण्डौ । बैतडीमा रास्वपाका हरिमोहन भण्डारीले अग्रता लिएका छन्न् । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले १०२५ मत गणना हुँदा, ३६८ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी, नेपाली कांग्रेसका चतुरबहादुर चन्दले २५८ मत ल्याएका छन् भने एमालेका दामोदार भण्डारीले १८७, नेकपाका परमानन्द भट्टले ११४, राप्रपाका भुपेन चन्दले १० मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले २, श्रम संस्कृत पार्टीका गजेन्द्रराज पाण्डेयले १, नेकपा (माओवादी) का रामबहादुर कुँवरले ९, र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १ मत पाएका छन्। अहिलेसम्म ७५ मत बदर भएका छन्।

