काठमाण्डौ । स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीमा ठुलो अग्रता बनाएका छन्। रास्वपा समर्थनमा चुनाव लडेका पुनले पछिल्लो मतपरिणाम अनुसार ८ हजार ९७५ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी, एमालेका हरिकृष्ण पोखरेल, १ हजार ५२८ मतसहित दोस्रो स्थानमा छन्। यसैगरी, नेकपाका अर्जुनकुमार थापा १ हजार ३२० मतसहित तेस्रो र कांग्रेसका कर्णबहादुरी भण्डारी १ हजार २८८ मतसहित चौथो स्थानमा रहेका छन् ।

