काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र न.६ का राष्ट्रिय स्वतनत्र पार्टीका उम्मेदवार शिशिर खनाल भारी मतान्तरmले विजयी भएका छन् । खनालले २७ हजार ७११ मत प्राप्त गरेका छन् ।
उनको प्रतिस्पर्धि नेपाली काङग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । यसरी रास्वपाका खनालले २१ हजार ६४ मतले विजय हासिल गरेका छन् । शिशिर खनाल २०७९ को निर्वाचनमा काठमाडौं–६ बाटै निर्वाचित भएका थिए ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका अमन कुमार मास्केले ४ हजार ३७३ मत पाएका छन् ।
यस्तै राप्रपाका उद्धवराज भेटुवालले २९० र नेकपाका हेमलाल शर्माले २३९ मत पाएका छन् ।

