काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। यस पटकको निर्वाचनले परम्परागत दलहरूको प्रभुत्वमा चुनौतीको संकेत दिएको छ।
विशेष गरी झापा–५ मा रास्वपाका बालेन्द्र शाहले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पछाडि पारेका छन्। हालसम्म शाहले १० हजार ४६६ मत पाएका छन् भने ओलीले मात्र २ हजार २०५ मत मात्रै प्राप्त गरेका छन्।
झापा–३ मा पनि रास्वपाका प्रकाश पाठक अग्रस्थानमा छन्। पाठकले ४ हजार ७५ मत ल्याउँदा लिङ्देन २ हजार ७ सय ७९ मतका साथ दोस्रो स्थानमा छन्।
अन्य क्षेत्रहरूमा पनि रास्वपा उम्मेदवारको अग्रता स्पष्ट देखिएको छ
झापा–१ः निशा डाँगी – ३,१७० मत
झापा–२ः इन्दिरा राना मगर – ३,३९५ मत
झापा–४ः शम्भुप्रसाद ढकाल – ५,२५४ मत

