बिहीबार, बैशाख १७,२०८३ 06:05:07
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 06:05:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशीका पहाडी क्षेत्रमा श्रम संस्कृति पार्टीको उभार, ६ क्षेत्रमा अग्रता

Bizshala
कोशीका पहाडी क्षेत्रमा श्रम संस्कृति पार्टीको उभार, ६ क्षेत्रमा अग्रता
Shivam Cement

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्साहजनक प्रदर्शन देखाएको छ। जारी मतगणनाको प्रारम्भिक रुझानअनुसार उक्त पार्टीले कम्तीमा ६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको देखिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरू प्रतिस्पर्धी दलहरूलाई पछाडि पार्दै अगाडि देखिएका छन्।

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले एमालेका केन्द्रीय सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई झिनो मतान्तरले पछि पारेका छन्। ध्रुवराजले ४६७ मत प्राप्त गर्दा शेरधनले ४६० मत पाएका छन्। यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ३७० मतसहित तेस्रो स्थानमा छन्। रास्वपाका रमेशप्रसाद ओझाले २७१ तथा नेकपाका अजम्बर काङमाङले १८७ मत पाएका छन्।

धनकुटामा पनि श्रम संस्कृति पार्टीका सानबहादुर राईले एमालेका पूर्वमन्त्री राजेन्द्र राईलाई पछि पार्दै अग्रता कायम गरेका छन्। सानबहादुरले ३ हजार २३७ मत प्राप्त गर्दा राजेन्द्र राईले २ हजार ३९९ मत पाएका छन्। कांग्रेसका दिनेश राईले १ हजार ८२५ मत प्राप्त गरेका छन् भने रास्वपाका दिनेश भण्डारीले ३०६ मत पाएका छन्।

CG Motors
Garima Development Bank
IME remit

उदयपुर–२ मा श्रम संस्कृति पार्टीका बलराज राई ५२९ मतसहित अगाडि छन्। उनलाई नेकपाका सुरेशकुमार राईले ३८० मतसहित पछ्याइरहेका छन्। एमालेका अजम्बरबहादुर रायमाझीले ३७९ मत पाएका छन् भने रास्वपाका सुर्यबहादुर तामाङले २७९ र कांग्रेसका रामकुमार राईले २४४ मत पाएका छन्।

पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा ६५६ मतसहित अग्रस्थानमा छन्। यहाँ कांग्रेसका नरेन्द्र केरुङले ४६२ मत ल्याउँदा एमालेका अइन्द्रसुन्दर नेम्वाङले ३६४ मत प्राप्त गरेका छन्। नेकपाका हर्कबहादुर नेम्वाङले २०८ र रास्वपाका महेन्द्र थाम्सुहाङले ९० मत पाएका छन्।

इलाम–२ मा पनि श्रम संस्कृति पार्टीकै सुदीप राईले १ हजार ५०४ मतसहित अग्रता कायम गरेका छन्। उनलाई एमालेका सुहाङ नेम्वाङले १ हजार ३६० मतसहित पछ्याइरहेका छन्। कांग्रेसका भेषराज आचार्यले ७३३ मत पाएका छन् भने रास्वपाका गोकुलबहादुर राईले ४२० मत प्राप्त गरेका छन्।

हर्क साम्पाङको गृह जिल्ला खोटाङमा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई ४०५ मतसहित अगाडि छन्। कांग्रेसका वीरकाजी राईले ३२६ मत पाउँदा नेकपाका हरी रोका ११९ मतसहित तेस्रो स्थानमा छन्। एमालेका देवविक्रम राईले १०६ मत पाएका छन् भने रास्वपाका रुद्र गिरीले १२२ मत प्राप्त गरेका छन्।

तर प्रारम्भिक मतगणनामा भने पार्टी अध्यक्ष हर्क साम्पाङ आफैं आफ्नो क्षेत्रमा पछि परेका छन्। रास्वपाका गोमा तामाङले १ हजार १५ मतसहित अग्रता लिँदा साम्पाङले ३०३ मत पाएका छन्। कांग्रेसका सुजेन्द्र तामाङले २३३ मत प्राप्त गरेका छन् भने राप्रपाका उद्धव श्रेष्ठले १६२, नेकपाका सूर्य भट्टराईले ९२ र एमालेका टीका लिम्बुले ६१ मत पाएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
S.N.उम्मेदवारक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीनिकटतम प्रतिद्वन्द्वी मत
1सानबहादुर राई (पुरुष, ४६ वर्ष)धनकुटा–१३,२३७ (अग्रता)राजेन्द्रकुमार राई – नेकपा एमाले२,३९९
2सुदीप राई (पुरुष, ३७ वर्ष)इलाम–२१,५०४ (अग्रता)सुहाङ नेम्बाङ – नेकपा एमाले१,३६०
3हस्तराज शेर्मा (पुरुष, ४० वर्ष)पाँचथर–१६५६ (अग्रता)नरेन्द्रकुमार केरुङ – नेपाली कांग्रेस४६२
4बलराज राई (पुरुष, ४१ वर्ष)उदयपुर–२५२९ (अग्रता)सुरेशकुमार राई – नेपाली कम्युनिस्ट पार्टी३८०
5ध्रुवराज राई (पुरुष, ४३ वर्ष)भोजपुर–१४६७ (अग्रता)शेरधन राई – नेकपा एमाले४६०
6आरेन राई (पुरुष, २९ वर्ष)खोटाङ–१४०५ (अग्रता)वीरकाजी राई – नेपाली कांग्रेस३२६
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X