काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्।

