सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निरीह बन्दै गएका छन् । उनलाई निकै करिब दोब्बर मतान्तरसहित रास्वपाका अमरेशकुमार सिंहले उछिनिरहेका छन् ।
ताजा मतपरिणामअनुसार अमरेश सिंहले १४ हजार ४३४ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी रहेको गगन थापाले भने अहिलेसम्म ८ हजार ४६२ मत मात्रै प्राप्त गरेका छन् ।
तेश्रो स्थानमा रहेका एमालेका अमनिश यादवले २२६१ मत प्राप्त गरेका छन् ।

