दाङ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उत्तराधिकारीको रुपमा अगाडि सारेका एमालेकै महासचिव शंकर पोखरेलले पनि चुनाव हारेका छन् ।
दाङ–२ बाट चुनाव लडेका पोखरेललाई रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले २८ हजार २७५ मतान्तरले हराएका हुन् ।
कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए ।
कांग्रेसका किरणकिशोर घिमिरे ११ हजार २७७ मतसहित तेश्रो र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मतसहित चौथो भएका छन् ।

