Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फरवार्ड माइक्रो फाइनान्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी

Global IME Bank Limited
फरवार्ड माइक्रो फाइनान्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतक मण्डलकी श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो । उक्त रकम एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी र बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले हस्तान्तरण गरेका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मण्डलले २०७९ मंसिरमा कम्पनीको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैंया कर्जा लिएका थिए । उनले कर्जा बापतको चार लाख ४० हजार ७ सय ९७ रुपैंया भुक्तान गरेका थिए । कम्पनीले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको जनाएको छ ।

बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले फरवार्डले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समुह बनाई लघुकर्जा प्रदान गर्दा गाँउघरमा समयमा पैसा नभएका बिपन्न समुदायका लागि वरदान सावित भएको बताइन् ।

फरवार्ड माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशीले वित्तीय संस्थाले गाँउगाँउमा गई विपन्न समुदायमा वित्तीय सेवा दिईरहेको र ग्राहक सदस्य लक्षीत सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.