काठमाण्डौ । चुनावपछिको दोस्रो कारोबार दिन सेयरबजारमा साढे २१ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यो ८ महिनायताकै सर्वाधिक कारोबार हो ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटा ब्रोकरबाट उच्च खरिद माग देखिएको छ भने तीनवटाबाट मात्रै उच्च बिक्री देखिएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै २ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.६२ प्रतिशत सेयर खरिद भएको छ भने ५२.३८ प्रतिशत सेयर बिक्री भएको छ ।
आज एबीसी सेक्युरिटिजबाहेक सबै ब्रोकर कम्पनीबाट एक अर्ब रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । एबीसीबाट पनि ९९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


